कुलेखानी- फाखेलको बाटो खुल्यो, चखेल सडकखण्ड एक हप्ताको लागि बन्द – Nepal Press

कुलेखानी- फाखेलको बाटो खुल्यो, चखेल सडकखण्ड एक हप्ताको लागि बन्द

हेटौंडा । कुलेखानी–फाखेल सडक खण्ड आजदेखि सञ्चालनमा आएको छ । स्तरोन्नतिका लागिगत पुस १६ गतेदेखि यो सडक खण्डमा गाडी सञ्चालनमा रोक लगाइएको थियो ।

आजबाट सडक  संचालनमा आएको इन्द्रसरोबर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले नेपालप्रेसलाई बताए ।

हेटौंडा-काठमाडौं जाने छोटो मार्गको सडक मध्यको फाखेक खण्डलाइ फराकिलो र कालोपत्रे गर्ने कामहरु भएसँगै  सडक संचालन गरिएको उनले बताए ।

हेटौंडाबाट काठमाडौ ७८ किलोमिटर रहेको उक्त सडकमार्ग संचालमा आएसँगै यात्रुहरुलाई थप सहज हुने अध्यक्ष पुडासैनीको भनाइ छ । फाखेल सडक बन्द हुँदा साना सवारीहरु कान्तिलोकपथ, चखेलको सडकबाट आवतजावत गर्ने गरेका थिए । यस्तै मकवानपुर काठमाडौं जोड्ने अर्को छोटो दुरीको सडकखण्ड कुलेखानी चखेल सडकखण्ड भने एक साताको लागि बन्द भएको छ ।

गाउँपालिकाको अनुसार आजैबाट सात दिनको लागि चखेल सडकखण्ड भने बन्द गरिएको छ । मातातिर्थ खण्डमा कटिङको काम सुरु भएको भन्दै सडक एक हप्ताको लागि पूर्ण रुपमा बन्द गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *