एमाले अध्यक्ष ओली सुनसरी आउँदै, दुई वटा कार्यक्रममा सहभागी हुने – Nepal Press

एमाले अध्यक्ष ओली सुनसरी आउँदै, दुई वटा कार्यक्रममा सहभागी हुने

विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज सुनसरी आउँदैछन् । उनी सुनसरी बस्दा दुई वटा कार्यक्रममा सहभागी सुनसरी अध्यक्ष रेवतीरमण भण्डारीले बताए ।

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले बिहान ११ बजे इटहरी स्थित कचना माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

नेपाल सरकारको २२ करोड लागतमा सो विद्यालय भवन निर्माण भएको हो । भवन उद्घाटनमा इटहरीका मेयरले अवरोध गरे पनि भवन उद्घाटनको सम्पूर्ण तयारी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिगबहादुर राईले बताए ।

यसैगरी अध्यक्ष ओलीले जिल्ला पार्टी कार्यालयमा पार्टीमा सङ्गठित भएका कार्यकर्ताहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर