अगस्त्यको रिलिज डेट नजिकिएसँगै सौगात हिँडे दर्शक भेट्न – Nepal Press

अगस्त्यको रिलिज डेट नजिकिएसँगै सौगात हिँडे दर्शक भेट्न

काठमाडौं । सौरभ चौधरी निर्देशित एक्सन–थ्रीलर चलचित्र ‘अगस्त्य’को रिलिज डेट नजिकिएसँगै दर्शक भेटघाटका लागि अभिनेता सौगात मल्ल तराई लागेका छन् ।

तराईको भूभागसँगै हरेक नेपालीले हेर्नेपर्ने कथा बनेको बताउँदै सौगातले अगत्स्यले नेपालीको सामाजिक र मानसिक तवरबाट समग्र कथा बोलेको बताएका छन् । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सौगात मल्लले सो कुरा बताएका हुन् ।

आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित हुँदै अभिनेता सौगात मल्ल अगत्स्य एउटा सामाजिक कथा भित्रको एक्सन सस्पेन्स र थ्रिलर फिल्म भएको जनाएका हुन् । फागुन १८ गतेबाट प्रदर्शनीको तयारीमा रहेको चलचित्र एक्सन जनरा रुचाउने दर्शकका लागि पर्खाइको सूचीमा रहेको सौगात मल्लको भनाई छ ।

सो अवसरमा बोल्दै खलनायकका रुपमा ट्रेलरमा देखिएका बिश्वास बस्नेतले फिल्म हेर्दा आनन्द लाग्ने र पूर्ण कमर्शियल बनेकोले दर्शकले सौगात मल्लको पुनः नयाँपन देख्ने बताए ।

ट्रेलर सार्वजनिक भएसंगै चलचित्रको प्रचारको लागि यतिबेला निर्माण टिम कम्मर कसेर लागेको छ । चलचित्रमा कलाकारहरु सौगात मल्ल, नाजिर हुुसेन, मलिका महत, निश्चल बस्नेत, प्रमोद अग्रहरि, रविन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का लगायत फिचर्ड छन् ।

भारत र नेपालका विभिन्न थलोमा छायांकन गरिएको चलचित्रमा सौगातको बहुचरित्रकरण देख्न सकिन्छ । प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेलले निर्माण गरेको चलचित्रको कथा पनि सौरभ स्वयंको हो। चलचित्रको कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । चलचित्रलाई सेभेन सिजले अन्तर्राष्ट्रिय वितरण गर्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर