मौलिक हक कार्यान्वयनका लागि सरकार प्रतिवद्ध छ : उपप्रधानमन्त्री खड्का – Nepal Press

मौलिक हक कार्यान्वयनका लागि सरकार प्रतिवद्ध छ : उपप्रधानमन्त्री खड्का

काठमाडाैं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानमा लेखिएका जनताका मौलिक हक कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका जनताका मौलिक हक कार्यान्वयनतर्फ सरकार लागिरहेको बताए ।

‘संविधानमा उल्लेख भएका जनताका मौलिक हक कार्यान्वयनका लागि राजनीतिक दलहरुको एकतावद्ध प्रयास आवश्यक छ’, मंगलबार सुर्खेतको गुर्भाकोटमा सामुदायिक आँखा उपचार केन्द्र (सर्जिकल) भवनको उद्घाटन गर्दै उनले भने ।

उपप्रधानमन्त्री खड्काले विकासको आकांक्षा र आवश्यकता समयअनुसार बढ्दै जाने उनको भनाइ थियो । उनले पूर्वाधार निर्माण गर्दा दूरदृष्टी आवश्यक रहेको उल्लेख गरे ।

आजका लागि नभइ भावी पुस्ताका लागि पनि आधार र जग बन्ने गरी पूर्वाधार निर्माण जरुरी रहेको उनको भनाइ थियो । ‘कुनै पनि विकास निर्माण काम गर्दा आजका लागि होइन्, पछिल्लो पुस्ताका लागि पुग्ने गरी काम गर्नुपर्छ’, उपप्रधानमन्त्री खड्काले भने ।

उपप्रधानमन्त्री खड्काले राजनीति गर्नेहरु लोभ, डर, स्वार्थबाट मुक्त हुँदै पारिवारिक घेराभन्दामाथि उठेर सिङ्गो देशका लागि काम गर्ने भावनाप्रति समर्पित हुन जरुरी रहेको बताए ।

‘अहिलेको नयाँ परिस्थितिले त्यो खालको राजनीतिक सोच, प्रतिबद्धता र संकल्पको आवश्यकता ठानेको छ’, उनले भने, ‘राजनीतिक, भौगोलिक र सामाजिक चुनौतिहरु सामना गर्नका लागि राजनीति गर्नेमा इमान, निष्ठा र समर्पणको आवश्यकता छ ।’

उनले लोभबाट मुक्त हुनेहरु डरबाट मुक्त हुने बताए । ‘यी सबै कुराबाट खारिएर उभिन सक्नेले समाज, गाउँ, क्षेत्र, प्रदेश र सिङ्गो राष्ट्रको उन्नति र प्रगतिका लागि योगदान दिनसक्छ, त्यसका लागि नेतृत्व गर्न सक्छ भन्ने नागरिकको अपेक्षा छ । त्यो खालको सोच भएकाहरुको एकतावद्ध राजनीतिक दलहरुको प्रयासका आधारमा चुनौति समाना गर्न सकिने उनको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर