रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फर्काउन कूटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री साउद (भिडिओ) – Nepal Press

रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फर्काउन कूटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री साउद (भिडिओ)

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि कूटनीतिक पहल भइरहेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा रुसी सेनामा रहेका नेपालीका परिवारको ज्ञापन पत्र बुझ्दै मन्त्री साउदले रुसी सेनामा रहेका नेपालीहरुलाई सकुशल स्वदेश फर्काउने दायित्व सरकारको भएको भन्दै कूटनीतिक पहल भइरहेको बताए ।

रुसी सेनामा रहेर ज्यान गुमाएका नेपालीको पार्थिव शरिरलाई नेपाल ल्याउन पनि छलफल र कुराकानी भइरहेको उनले बताए । उनले रसियन सेनामा भर्ना नलिन र भर्ना भएकालाई फिर्ता गराउन कुटनीतिक संवादमा रहेको जानकारी दिए ।

रसियन सेनामा भएका नेपालीका दुई सयभन्दा बढी परिवारले परराष्ट्रको कन्सुलरमा आवेदन दिएको भन्दै उनले अन्यलाई पनि अनलाइनबाटै आवेदन दिन आग्रह गरे । उनले सरकारले मान्यता नदिएका स्थानमा जान नदिन पनि आग्रह गरे ।

रुसी सेनामा रहेका नेपालीका आफन्त धादिङ गोर्खाकी कविता कुमालले रुसी सेनामा रहेका आफन्तलाई नेपाल फर्काउन आग्रह गरिएको जानकारी दिए । मन्त्रीको कुरा सुन्दा आशावादी रहेको उहाको भनाइ छ ।

रुसी सेनामा रहेका नेपालीका परिवारले आफ्ना आफन्तजनको अवस्था सार्वजनिक गर्न, मृतक तथा रुसी सेनामा रहेका नेपालीहरुलाई छिटो भन्दा छिटो स्वदेश फर्काउनका लागि पहल गर्न मन्त्री साउदलाई ज्ञापन पत्र बुझाएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर