देशको सिमानामा काँडेतार लगाउनुपर्ने माग गर्दै सिनेमा ‘काँडेतार’को हस्ताक्षर संकलन – Nepal Press

देशको सिमानामा काँडेतार लगाउनुपर्ने माग गर्दै सिनेमा ‘काँडेतार’को हस्ताक्षर संकलन

काठमाडौं । चलचित्र ‘काँडेतार’को टीमले देशभरको सिमानामा काँडेतार लगाउनुपर्ने मागसहित हस्ताक्षर संकलन गरेको छ । चलचित्रका निर्देशक तथा कलाकार नवल खड्काले सञ्चालन गरेको अभियानअन्तर्गत मंगलबार रत्नपार्कमा हस्ताक्षर संकलन गरिएको हो ।

आफूले चलचित्र ‘काँडेतार’को विशेष शो गर्दा देशभरमा विभिन्न स्थानमा हस्ताक्षर अभियान सञ्चालन गरेको र आज थप संकलन गरिएको उनले बताए । उनले संकलन भएको हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउने जानकारी दिए ।

खड्काले निर्देशन गरेको चलचित्र ‘काँडेतार’ यही फागुन २५ गते रिलिज हुने तयारीमा छ। राष्ट्रिय भावनामा आधारित यो चलचित्रमा भारतले नेपालको सीमा मिचेर मुलुकको राष्ट्रिय स्वाधीनतामा हस्तक्षेप गरेको कथावस्तु पेश गरिएको छ । नेपाल-भारत सीमामा काँडेतार लगाएर सिमाना व्यवस्थित गर्नुपर्ने मत चलचित्रले पेश गरेको छ ।

चलचित्रमा नवलसँगै गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काको अभिनय रहेको छ ।

सामना फिल्म्स प्रालिको ब्यानरमा बनेको चलचित्रको लेखन शिवम् अधिकारी र नवलले गरेका हुन् । मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’को छायांकन सौरभ लामाले गरेका हुन् ।

फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी छ । नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको चलचित्रकी कार्यकारी निर्माता सत्यकला राई हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर