जनमतको अवरोधपछि मधेशको प्रदेशसभा बैठक अनिश्चित – Nepal Press

जनमतको अवरोधपछि मधेशको प्रदेशसभा बैठक अनिश्चित

जनकपुरधाम । सप्तरीमा तत्कालिन शिक्षा तथा समाज कल्याणमन्त्री महेश प्रसाद यादवमाथि भएको आक्रमणको विषयमा छानबिन गर्न प्रदेश सरकार आनाकानी गरेको छ ।

सहमतिअनुसार संसदीय छानबिन समिति गठन नगरेको भन्दै जनमत पार्टीका सांसदहरु आज प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो । सभामुख रामचन्द्र मण्डलले बैठक सञ्चालन गर्न खोजेका थिए । त्यसपछि जनमतका सांसदहरु बेल घेराउ गर्दै मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा माग गरेपछि सभामुखले १० मिनेटका लागि स्थगित गरेको बैठक पुनः बस्न सकेन ।

बैठक स्थगित गरेर सभामुख मण्डलको छलफल भएपनि सहमति नबन्दा प्रदेशसभा बैठक सूचना टाँस गरी स्थगित गरिएको छ ।

‘सप्तरी घटनाको छानविन गर्न आलटाल गरेपछि सहमति भएन’, जनमतका सांसद सञ्जय यादवले भने, ‘भोलि विहान ८ बजे पुनः छलफल हुन्छ । सप्तरी घटनाको छानविन गर्न समिति बनाउन सरकार तयार नभएसम्म हामी सदन चल्न दिदैनौं ।’

गत माघ ८ मा सप्तरीको राजविराजमा मधेश कृषि विश्व विद्यालयको भवन मुख्यमन्त्री यादवले जसपा अध्यक्ष उपेन्द्र यादवबाट जर्वजस्ती शिलान्यास गर्न खोज्दा जनमत पार्टीका नेता कार्यकर्ताहरु विरोध गरेको थियो ।

सो क्रममा प्रहरीले लाठीचार्ज गर्दा जनमतका नेता तथा क्याविनेट मन्त्री महेश प्रसाद यादवसहितका नेताहरु घाइते भएका थिए ।

सो घटनाकै कारण जनमत पार्टी सरकारबाट बाहिरिदै दुई मन्त्रीलाई फिर्ता बोलाइयो । क्याविनेट मन्त्रीमाथि नै साँघातिक आक्रमण गरेको घटनामा दोषीमाथि कारबाहीको माग राख्दै जनमत पार्टी आज दोस्रो पटक सदन अवरुद्ध गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर