मिटरब्याज पीडितको आन्दोलनमा जसपाको ऐक्यबद्धता, समस्या समाधान गर्न सरकारसँग माग – Nepal Press

मिटरब्याज पीडितको आन्दोलनमा जसपाको ऐक्यबद्धता, समस्या समाधान गर्न सरकारसँग माग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

जसपाले मिटरब्याज पीडितहरुले अहिले ३ बजे भृकुटीमण्डबाट सुरु गर्न लागेको मार्चपासमा सहभागी भएर आन्दोलनप्रति ऐक्यबद्धता जनाउन लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

सरकारले उनीहरुको न्यायोचित माग र मुद्दालाई वार्ताको माध्यमबाट सम्बोधन गर्नुपर्ने र समस्या समाधानमा तदारुकता जनाउनु पर्ने जसपाको माग रहेको छ ।

पार्टीका कार्यकारिणी समिति सदस्य एवम् सङ्गठन विभाग प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठको नेतृत्वमा पार्टीका नेता, कार्यकर्ताहरु ऐक्यबद्धता जनाउन आन्दोलनमा सहभागी हुन लागेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर