आचार्यको निधनसँगै नेपाली गीत/संगीतमा एउटा अध्याय समाप्त भयो : महामन्त्री थापा (भिडिओ) – Nepal Press

आचार्यको निधनसँगै नेपाली गीत/संगीतमा एउटा अध्याय समाप्त भयो : महामन्त्री थापा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भक्तराज आचार्यको निधनसँगै नेपाली गीत/संगीतमा एउटा अध्याय समाप्त भएको बताएका छन् ।

सोमबार निधन भएका आचार्यको पार्थिव शरीर मंगलबार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण गर्न पुगेका उनले यस्तो बताए । उनले सांगीतिक क्षेत्रमा अग्र पंक्तिमा नाम लिने आचार्यको निधनसँगै देशलाई ठूलो क्षति पुगेको बताए । उनले आचार्यको भौतिक शरीर नरहे पनि उनको सिर्जना कालजयी रहने बताए ।

‘भक्तराज आचार्यसँगै एउटा अध्यायको समाप्त भएको छ । सांगीतिक क्षेत्रमा अग्र पंक्तिमा नाम आउने उहाँकै थियो’, उनले भने, ‘नेपाली संगीतालाई मैले केरै कुरा दिएँ भन्नेमा धेरै नै सन्तोष थियो होला । नेपाली संगीतलाई अझै निरन्तर दिनका लागि मैले मेरा दुई छोरा लगातार यो कर्ममा हुनुहुन्छ भन्ने सोच्नुभएको थियो ।’

उनले नेपाली संगीतलाई अझै निरन्तरता दिनका लागि स्व. आचार्यले आफ्न दुई पुत्रहरुलाई पनि सांगीतिक क्षेत्रमै लगाएको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर