सिंहदरबार आसपासमा हिँड्न रोक लगाएपछि वरिष्ठ अधिवक्ता भट्टराईको प्रश्न- लोकतन्त्रको अवसान हुन लागेको हो ? – Nepal Press

सिंहदरबार आसपासमा हिँड्न रोक लगाएपछि वरिष्ठ अधिवक्ता भट्टराईको प्रश्न- लोकतन्त्रको अवसान हुन लागेको हो ?

काठमाडौं । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले दमनकारी निषेधाज्ञा तुरुन्त खारेज गर्न माग गरेका छन्। उनले माइतीघर, खुल्ला मञ्च, बानेश्वर, रत्नपार्क, बालुवाटार सबै तिर निषेधाज्ञा भएपछि जनता कहाँ गएर आफ्नो आवाज राख्ने ? भन्दै प्रश्न गरेका हुन्।

उनले भनेका छन्, ‘बिरालोले त ढोका थुनेर कुट्दा चिथोर्छ यी सचेत नागरिक हुन् । माइतीघर, खुल्ला मञ्च, बानेश्वर, रत्नपार्क, बालुवाटार सबै तिर निषेधाज्ञा अनि जनता कहाँ जाने कराउन ? राजा ज्ञानेन्द्र कार्यकालको भन्दा दमनकारी निषेध देश तुरुन्त खारेज गर, अन्यथा तोडिँदै जानेछ, तोडिन्छ । प्रतिपक्षहरू सदनमा आवाज उठाऊ, पर्याप्त छ भन्ने प्रिय मित्र गगनजी कता हुनुहुन्छ ?’

उनले निषेधादेश तोड्ने नेपाल बार र पत्रकार महासंघको पनि ध्यानाकर्षण जनाएका छन्।

उनले थपे, ‘आज सिंहदरबार वरिपरि पैदल यात्रीलाई समेत हिँड्न निषेध गरिएको छ। वरिष्ठ अधिवक्ता शेरबहादुर केसी र म बहस गर्न सर्वोच्च अदालत जाँदै गर्दा सुरक्षाकर्मीले रोक्ने प्रयास गरे हामीले अवज्ञा गरेर हिँड्यौ ? के मुलुकमा लोकतन्त्रको अवसान हुन लागेको हो ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर