फोनेपेले सुरु गर्‍यो ‘सक्षम नारी’अभियान – Nepal Press

फोनेपेले सुरु गर्‍यो ‘सक्षम नारी’अभियान

काठमाडौं । नेपालको ठूलो भुक्तानी नेटवर्क ‘फोन पे’ ले ‘सक्षम नारी’ अभियान सुरु गरेको छ । फोनपेले देशभरका महिलाहरूको लागि वित्तीय समावेशीकरण र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नो पछिल्लो अभियान ‘सक्षम नारी’ पुन सुरु गरेको हो ।

अभियानद्वारा आर्थिक वृद्धि र समृद्धिको लागि नारीहरूले खेल्ने निर्णायक भूमिकालाई मान्यता दिई सबै वर्गका नारीहरूलाई डिजिटल भुक्तानीका माध्यममा सशक्त बनाउने कोसिस गरेको फोनपले जनाएको छ ।

फोनपेले नबिल र सानिमा बैंकसँगको सहकार्यमा सुरु गरेको अभियान माघ २६ गतेदेखि फागुन २८ गतेसम्म चल्नेछ ।

अभियानमा सहभागी हुन नबिल र सानिमा बैंकका महिला प्रयोगकर्ताहरूले आफ्नो मोबाइल बैंकिङ एप मार्फत अभियान अवधिभर कुनै पनि ‘फोनपे’ सेवाहरू फोनपे क्युुआर, फोनपे डाइरेक्ट र फोनपे बिल प्रयोग गरी कम्तीमा ३ वटा कारोबार गर्नुपर्ने जनाइएको छ ।

नबिल बैंकका एकजना महिला प्रयोगकर्ताले अभियानको मापदण्ड पूरा गरेपछि बालाजी डायमण्डबाट उत्कृष्ट हीरा सेट पाउने जनाइएको छ । साथै सानिमा बैंक र नबिल बैंकका १०० महिला प्रयोगकर्ताहरूले १ हजार को ग्यारेन्टी टप९अप जित्नेछन्।

फोनपेका सुबोध शर्माले भने, ‘सक्षम नारी अन्य नियमित अभियानहरू भन्दा फरक छ, यो महिलाहरूमा प्रविधि अपनाउन प्रोत्साहित गर्ने पहल हो। हाम्रो तथ्याङ्कले डिजिटल माध्यमबाट महिलाहरू माझ भुक्तानीको प्रयोग कम भएको देखिएको छ र यो अभियान मार्फत हामी यो स्वरूप परिवर्तन गर्न चाहन्छौं। हामी आशा गर्दछौँ कि यो अभियानले सबै क्षेत्रका महिलाहरूको जीवनमा सकारात्मक प्रभाव पार्नेछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर