शाखा अधिकृतको पहिलो चरणको परीक्षाको नतिजा सार्वजनिक, आयोगको साइट डाउन – Nepal Press

शाखा अधिकृतको पहिलो चरणको परीक्षाको नतिजा सार्वजनिक, आयोगको साइट डाउन

काठमाडौं । शाखा अधिकृत पहिलो चरणको परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

लोक सेवा आयोगले मंगलबार माघ २७ गते लिएको पहिलो चरणको परीक्षाको जम्मा परीक्षामा सहभागिमध्ये ४४.१९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

पहिलो चरणको परीक्षामा सहभागी भएका २१ हजार २७ जनामध्ये ९ हजार २९३ जना दोस्रो चरणको परीक्षामा सहभागी हुनका लागि उत्तीर्ण भएका हुन् ।

द्वितीय चरणको परीक्षाका लागि छनौट भएका परीक्षार्थीले साविककै प्रवेशपत्रबाट आयोगको धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र दिपालय कार्यालयबाट तोक्ने परीक्षा केन्द्रमा मात्र सहभागी हुने आयोगले जनाएको छ । नतिजा हेर्नको लागि चाप बढेकोले आयोगको साइट डाउन भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर