कस्तो कर्म गरेपछि प्रभुको दर्शन मुक्ति मिल्छ ? प्रश्न बोकेर भक्तजराजको महाप्रस्थान (तस्बिरहरू) – Nepal Press

कस्तो कर्म गरेपछि प्रभुको दर्शन मुक्ति मिल्छ ? प्रश्न बोकेर भक्तजराजको महाप्रस्थान (तस्बिरहरू)

काठमाडौं । एकदिन मैले प्रभुसँग सोधेँ कसरी शान्ति मिल्छ ?

कस्तो कस्तो कर्म गरेपछि प्रभुको दर्शन मुक्ति मिल्छ ?

सत्कर्म नभई चित्त शुद्ध हुँदैन, चित्त शुद्ध नभई सन्तोष हुँदैन

सन्तोष नभई मन स्थिर हुँदैन, मन स्थिर नभईकन शान्ति हुँदैन

दर्जनौं कालजयी गीत र गजलको ओझेलमा परेको भक्तराज आचार्यको यो भजनको आवाजसँगै उनको भौतिक देह विलिन भएको छ ।

यदि स्वर्ग छ भने उनले प्रभुसँग भेटेरै सोध्नेछन् कसरी शान्ति मिल्छ भनेर ।

आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको परिसरमा राखिएको छ । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले बतायो ।

भजन शिरोमणिसमेत उपाधि पाएका उनको सोमबार अपराह्न ८२ वर्षको उमेरमा निधन भएको थियो ।

उनको अन्तिम बिदाईमा कलाकार, राजनीतिककर्मी, आफन्तजन र शुभेच्छुकलगायत भेला भएका थिए ।

आचार्यले मुटु जलिरहेछ, जति चोट दिन्छौँ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखाहेर्नेलगायत करिब चार सय गीतमा आवाज दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *