पोखरा नाटक घरमा हंगेरियन लेखक फ्रिजको ‘रिफन्ड’ – Nepal Press

पोखरा नाटक घरमा हंगेरियन लेखक फ्रिजको ‘रिफन्ड’

पोखरा । एक विद्यार्थी पढेर डिग्री हासिल गर्छ । त्यसपछि पनि उ बेरोजगार हुन्छ । कतै जागिर पाउँदैन र फ्रस्टेट हुन पुग्छ ।

एउटा साथीको कुरा सुन्छ र उ पढेको विद्यालयमा जान्छ र पढ्दा खर्च भएको पैसा फिर्ता माग्छ । त्यहाँ पनि उसलाई विद्यालय, शिक्षक शिक्षिकाबाट पनि उडाइन्छन् । मजाकको पात्र बनाइन्छिन् । र जबरजस्त विद्यालयबाट निकालिन्छ ।

यो नाटकको नाम हो रिफन्ड । सन् १९३८ मा हङ्गेरियन लेखक फ्रिज क्यारेन्थिले लेखेको यो नाटकलाई नारायण न्यौपानेले नेपालीमा अनुवाद गरेका हुन् । जुन नाटक कक्षा ११ को अंग्रेजी विषयमा समावेश गरिएको छ ।

पोखरास्थित गन्धर्व नाटक घरमा उक्त नाटकको मञ्चन सुरु भएको छ । पोखरा थिएटरको प्रस्तुतिमा निर्माण भएको नाटक फागुन ३० गतेसम्म हेर्न पाइनेछ ।

कमेडी जनरामा निर्माण भएको यो नाटकले सन्देश समेत बोकेकाले सबै दर्शकको लागि उपयुक्त भएको निर्देशक परिवर्तनले बताए । ४० मिनेट अवधिको नाटकले अहिलेको शिक्षा प्रभावकारी हुन नसकेको कुरालाई देखाउन खोजिएको छ । पढेर पनि व्यवहारिक हुन नसकेको कुरालाई प्रष्टाउन खोजिएको छ ।

परिवर्तनको निर्देशनमा निर्माण गरिएको नाटकमा रमेश बाबु तिमल्सिना, धनकाजी श्रेष्ठ, मिलन श्रेष्ठ, रोहित पौडेल, आदित्य सुनार, ज्योति हमाल, सुसन पौडेल, रोशनी रामदामको अभिनय देख्न सकिन्छ ।

बुकिङ शो मार्फत बिहान, दिउँसो र साँझमा नाटक मञ्चन हुनेछ । खुल्ला शो मार्फत भने नाटक फागुन २६ देखि ३० सम्म साँझ ५ बजे हेर्न पाइनेछ । नाटक हेर्न विद्यार्थीको लागि २ सय र अन्यको लागि ३ सय र ५ सय रुपैयाँ शुल्क लाग्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर