नन्दिता केसीले क्यानडामा गरिन् इन्गेजमेन्ट, काठमाडौंमा यसै साता बिहे – Nepal Press

नन्दिता केसीले क्यानडामा गरिन् इन्गेजमेन्ट, काठमाडौंमा यसै साता बिहे

काठमाडौं । अभिनेत्री नन्दिता केसी वैवाहिक बन्धनमा बाँधिने भएकी छन् । उनले यही फागुन १९ गते शनिबार कार्डियोलोजिस्ट डा. अरविन्द्र कटवालसँग विवाह गर्न लागेकी हुन् ।

नन्दिताका प्रेमी डा. अरविन्द्र अमेरिकाको नर्थ क्यारोलिना बस्छन् भने उनको परिवार काठमाडौंमा ।

नन्दिताले प्रेमी अरविन्द्रले आफूलाई प्रस्ताव राखेको र आफूले ‘हुन्छ’ भनेको बताइन् । उनले आफ्नो र अरविन्द्रको तस्विर सामाजिक सञ्जालमा पोष्ट्याएकी छन् । तस्विरमा अरविन्द्रले नन्दितालाई औंठी लगाइदिएका छन् ।

नन्दिता र अरविन्द्रको भेट ६ महिनाअघि भएको थियो । मागी विवाह गर्नेगरी भेटघाट भएको यी दुईको केही दिनअघि मात्र क्यानडाको बान्फमा इन्गेजमेन्ट भएको हो ।

हिजोमात्र नन्दिताले आफ्नो रिलेसनसिप स्टाटस ‘सिंगल’ नरहेको भन्दै प्रेमीसँगको तस्वीर सार्वजनिक गरेकी थिइन् । आइतबार राति इन्स्टाग्रामबाट उनले आफू सम्बन्धमा रहेको उल्लेख गरेकी थिइन् ।

चलचित्र ‘इन्द्रेणी’बाट डेब्यु गरेकी नन्दिताको पछिल्लो चलचित्र ‘जंगबहादुरको कोट’ हो, जुन सात वर्षअघि रिलिज भएको थियो ।

नन्दिता पछिल्लो समय अमेरिकाको न्युयोर्कमा बस्दै आएकी छन् । तर, अहिले भने उनी काठमाडौंमा छिन् । विवाहको लागि उनी एक महिना अगाडि नेपाल आएकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर