भारतीय गायक पंकज उदासको निधन – Nepal Press

भारतीय गायक पंकज उदासको निधन

काठमाडौं । भारतीय गायक पंकज उदासको ७२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा सोमबार गायक उदासको निधन भएको हो ।

उनको निधन भएको जानकारी उनकी छोरी नायब उदासले सामाजिक सञ्जालमार्फत दिएकी हुन् । सन् १९५१ मे १७ मा गुजरातको जेतपुरमा जन्मिएका उदास केही दिनदेखि बिरामी थिए ।

सन् १९८० मा रिलिज भएको एल्बम ‘आहत’बाट चर्चामा आएका उदासको भारतीय सिनेमा र पप संगीतमा ठूलो योगदान छ। उनको गजल ‘चिठी आई है’ र चलचित्र ‘मोहरा’मा उनले साधना सरगमसँग मिलेर गाएको गीत ‘ना कजरेकी धार’ हिट छन् । उनका मुकरार, तरन्नुम र मेहफिल जस्ता थुप्रै हिट गीत छन् ।

सन् २००६ मा उनले पद्मश्री पुरस्कार पाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर