लुम्बिनी विकास कोषमा फेरिए योजना प्रमुख – Nepal Press

लुम्बिनी विकास कोषमा फेरिए योजना प्रमुख

रूपन्देही । लुम्बिनी विकास कोषमा योजना प्रमुख फेरिएका छन् । सोमबार नवनियुक्त योजना प्रमुख अस्मिता भट्टलाई कार्यालयमा स्वागत गरिएको छ ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले खादा लगाएर उनलाई स्वागत गरेका हुन् ।

नवनियुक्त योजना प्रमुख भट्टसँग ठूलो अपेक्षा रहेको उल्लेख गर्दै उनले लुम्बिनीको विकास गर्न टीमवर्क आवश्यक रहेको बताए ।

त्यस्तै कोषका सदस्य सचिव सानुराजा शाक्यले पनि नयाँ योजना प्रमुखलाई स्वागत गर्दै टीमवर्कमा काम गर्ने बताए ।

नवनियुक्त योजना प्रमुख भट्टले बुद्ध जन्मस्थल लुम्बिनीको सेवा गर्ने अवसर प्राप्त भएकाले इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *