लोसपाबाट अलग्गिए महतो, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा – Nepal Press

लोसपाबाट अलग्गिए महतो, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

काठमाडौं । नेता राजेन्द्र महतोले लोसपा छाड्दै नयाँ अभियानको घोषणा गरेका छन् । आज काठमाडौंमा विशेष पत्रकार सम्मेलन गर्दै महन्थ ठाकुरसँग अलग्गिएर उनले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गरे । बहुल राष्ट्रिय राज्य बनाउने उनले लक्ष्य प्रस्तुत गरे ।

यो अभियानले पार्टीको निर्माणदेखि सबै संरचना तयार गर्ने भन्दै लोसपा, जसपालगायतका मधेसवादी पार्टी साथै एमाले, कांग्रेस माओवादी विचार राख्नेहरूका लागि खुल्ला रहेको उनको भनाइ थियो ।

महतो यसअघि लोसपाका वरिष्ठ नेता थिए । जसपा विभाजनपछि ठाकुर, महतोलगायत मिलेर लोसपा बनाएका थिए । तर, पार्टीले गति लिन नसकेको भन्दै उनले ठाकुरको आलोचना गर्दै आएका छन् ।


प्रतिक्रिया

One thought on “लोसपाबाट अलग्गिए महतो, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

  1. नयाँ दलाली पेशा सुरू भएछ । पुरानो ठग पेशा चलेन अनि नयाँ ठग पेशा फेला परेछ । मधेशमा भएका मधेशी नेतालाई भारत खेदिदियो भने स्वतः मधेशी जनताको कल्याण हुन्छ । मधेशी जनता ठग्ने ठग यस्तै हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर