एनसेल प्रकरणको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग सत्तारुढ सांसदकै माग (भिडिओ) – Nepal Press

एनसेल प्रकरणको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग सत्तारुढ सांसदकै माग (भिडिओ)

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले एनसेल प्रकरणको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले समितिले बुझाएको प्रतिवेदन पुतलीको खेलजस्तो नाटक मञ्चन भइरहेको आशंका गरे ।

उनले भने, ‘नेपालको इतिहासमा सबैभन्दा ठूलो भ्रष्टाचार काण्डको रूपमा चर्चित रहेको एनसेल छानबिन समितिको प्रतिवेदन प्रस्तुत भइसकेको छ । यो प्रतिवेदनलाई पुतलीको खेलजस्तो नाटक मञ्चन गर्ने काम नहोस् । त्यसको वास्तविकता जनताले थाहा पाउनुपर्छ । यो खर्बौंको भ्रष्टाचार यथार्थमा संसदमार्फत् जनतामा पुग्नुपर्छ । संसदमा सामूहिक रुपमा छलफल गर्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर