जसपाद्वारा महाधिवेशनमा प्रस्तुत हुने दस्तावेज मस्यौैदा समिति गठन, विभागीय जिम्मेवारी बाँडफाँट – Nepal Press

जसपाद्वारा महाधिवेशनमा प्रस्तुत हुने दस्तावेज मस्यौैदा समिति गठन, विभागीय जिम्मेवारी बाँडफाँट

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजको मस्यौदा तयार गर्न समिति गठन गरेको छ ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा २१ सदस्यीय राजनीतिक प्रतिवेदन मस्यौदा समिति गठन गरेको छ । त्यस्तै पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् सङ्गठन विभाग प्रमुख राजेन्द्र प्रसाद श्रेष्ठको संयोजकत्वमा २३ सदस्यीय पार्टी नीति तथा कार्यक्रम मस्यौदा समिति गठन भएको छ ।

त्यस्तै आसन्न महाधिवेशनको लागि आर्थिक श्रोत व्यवस्थापन गर्न पार्टीका कार्यकारिणी सदस्य विजयकुमार यादवको संयोजकत्वमा ६ सदस्यीय आर्थिक श्रोत व्यवस्थापन समिति गठन भएको छ ।

यसैगरी पार्टी विधान २०८० को धारा ९७ अनुसारको केन्द्रीय विभागहरु र धारा ९९ अनुसारका पार्टी संयन्त्रहरु गठन, पुनर्गठन, अध्यावधिक र सदस्य सङ्ख्या थप गरी जिम्मेवारी बाँडफाँट गरिएको छ ।

पार्टीले मातहत समितिलाई निर्णय कार्यान्वयन गर्न गराउन आइतबार परिपत्रसमेत जारी गरेको सो पार्टीले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर