आजको मौसम सफा रहने – Nepal Press

आजको मौसम सफा रहने

काठमाडौं । आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

हाल मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभर आंशिक देखि साधारणतया बदली रहने र देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर