ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु – Nepal Press

ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका–६ जामुने बजारमा ट्र्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु छ भने एक घाइते भएका छन् ।

सुर्खेतदेखि जाजरकोट तर्फ जाँदै गरेको बा ९५ प ५२९६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको भ १ त ४५ नम्बरको ट्र्याक्टर सिम्ता गाउँपालिका–६ जामुनेबजारमा एक आपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्युु हुनेमा वीरेन्द्रनगर नपालिका–३ का २९ वर्षीया विजय राना रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण बहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका–१ का २३ वर्षीय रुपश गिरीको अवस्था चिन्ताजनक रहेको बताएका छन् ।

गिरीको उपचारका लागि प्रदेश अस्पताल कालागाउ सुर्खेत ल्याउँदै गरिको डीएसपी शाहीले नेपाल प्रेसलाई जानकारी दिए । ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *