कालिकोटे जनताको ‘चिलगाडी’ हेर्ने सपना पूरा – Nepal Press

कालिकोटे जनताको ‘चिलगाडी’ हेर्ने सपना पूरा

सुर्खेत । सुनथराली विमानस्थल निर्माण सुरु भएको झन्डै चार दशकपछि कालिकोटे जनताको सपना अब भने पूरा भएको छ ।

आइतबार तारा एयरलाइन्सले नरहरिनाथ गाउँपालिका कोटबाडामा रहेको सुनथराली विमानस्थलमा परीक्षण उडान गरेको छ ।

तारा एयरलाइन्स नाईनएन–एकेएल विमानले परीक्षण उडान गरेको नरहरीनाथ गाउँपालिकाका प्रवक्ता प्रदीप बोहराले जानकारी दिएका छन् ।

उनका अनुसार सोमबार बिहान ९ः२१ बजे नेपालगन्जबाट उडेको क्याप्टेन पीएस नगरकोटीसहित नौ जनाको प्राविधिक टोलीसहितले सुनथराली विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान गरेको जनाए ।

विमानस्थलको उद्घाटन सोमबार (भोलि) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले गर्नेछन् ।

साथै, गाउँपालिकाका प्रवक्ता बोहराका अनुसार भोलि बिहान १० विमानस्थलको उद्घाटन कार्यक्रम तय गरिएको नेपाल प्रेसलाई जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर