मानसिक समस्या विकराल बन्यो तर ४० सालमा बनेको अस्पतालबाहेक अरू थपिएनन् : सुनिता बराल (भिडिओ) – Nepal Press

मानसिक समस्या विकराल बन्यो तर ४० सालमा बनेको अस्पतालबाहेक अरू थपिएनन् : सुनिता बराल (भिडिओ)

काठमाडौं । नेकपा एमालेकी सांसद सुनिता बरालले नेपालमा मानसिक स्वास्थ्य विकराल बन्दै गए पनि सरकारको ध्यान पटक्कै नगएको भन्दै मानसिक अस्पताल बढाउन ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद बरालले २०४० सालमा बनेको ४० बेडको मानसिक अस्पतालबाहेक यो अवधिमा एउटा पनि संस्था नथपिएको बताइन् ।

सांसद बरालले हालै ललितपुरमा बच्चाको हत्यापछि आमाले आत्महत्या गरेको, काठमाडौंको सितापाइलामा श्रीमती र बच्चाको हत्यापछि श्रीमानले आत्महत्या गरेकोजस्ता उदाहरण दिँदै मानसिक स्वास्थ्यको समस्या विकराल बनिरहेको बताइन् ।

सूचना प्रविधि र डिजिटाइसेजनको बढ्दो प्रभाव,कोभिड १९ ले सिर्जना गरेको समस्या र आर्थिक असमानताका कारण मानिसहरूमा मानसिक समस्या बढेकोले सरोकारवाला गम्भीर बन्नुपर्ने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *