इजरायली हमलापछि भोकमरीमा परेर उत्तरी गाजाका दुई वर्षे बालकको मृत्यु – Nepal Press

इजरायली हमलापछि भोकमरीमा परेर उत्तरी गाजाका दुई वर्षे बालकको मृत्यु

काठमाडौं । इजरायली हमलामा परेको उत्तरी गाजाका एक दुई वर्षका बालकको भोकमरीमा परेर ज्यान गएको छ ।

अलजजिराका अनुसार संयुक्त राष्ट्रसंघले बालबालिकाको भोकमरीमा परेको मृत्युको विस्फोट हुने जानकारी दिएको केहि हप्तापछि नै यस्तो खबर आएको हो । दुई वर्षका बालक महमद फातुको शुक्रवार ज्यान गएको हो ।

अति कुपोषणले बालकको अस्पताल पुगेपछि पनि ज्यान गुमेको अलजजिराले उल्लेख गरेको छ । गत अक्टोबरमा हमासले इजरायलमा गरेको हमलापछि इजरायलले गरेको आक्रमणका बाबजुद मानवीय सहायताका सामाग्री दिन अन्तर्राष्ट्रिय संस्थाहरूले आग्रह गरिरहँदा पनि इजरायले अस्वीकार गरिरहेको छ ।

संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार गाजामा २३ लाख स्थानीयहरू भोकमरीको चपेटामा परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर