नेपालले गुमायो पहिलो विकेट, आसिफ १७ रन बनाएर आउट – Nepal Press

नेपालले गुमायो पहिलो विकेट, आसिफ १७ रन बनाएर आउट

काठमाडौं। आइसीसी लिग २ अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । ओपनर आसिफ शेख आउट भएका छन् ।

त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपाललाई  ओपनर जोडी कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात दिलाएका थिए । नेपालले ८.३ ओभरमा एक विकेट गुमाएर ४२ रन जोडेको थियाे। तर आसिफ शेख व्यक्तिगत १७ रनमा क्याच आउट भए। राम्रो लयमा देखिएका उनले २७ बलमा १ छक्का र दुई चौका प्रहार गरेका थिए । भिभियान किङमाको बललाई अन साइडमा उठाएर खेल्दा उनी क्याच आउट भएका हुन् ।

शृखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध भएको पहिलो खेल नेपालले जितेको थियो। जारी शृखलामा नेपालले नामिबियासँग भने दुवै खेल हारेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर