कांग्रेसले राष्ट्रिय सभामा नवनिर्वाचित र बहालवाला सदस्यहरुलाई प्रशिक्षण दिँदै – Nepal Press

कांग्रेसले राष्ट्रिय सभामा नवनिर्वाचित र बहालवाला सदस्यहरुलाई प्रशिक्षण दिँदै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले  का‌ंग्रेसबाट नवनिर्वाचित राष्ट्रिय सभा सदस्य र वहालवाला राष्ट्रिय सभा सदस्यहरू लाई प्रशिक्षण दिँदैछ ।

बहालवाला र नवनिर्वाचित राष्ट्रिय सभामा काँग्रेसका सदस्यहरुलाई आज प्रशिक्षण एवं उनीहरुबीच छलफल गर्न लागेको हो ।

छलफल आइतवार विहान १०ः३० वजे कांग्रेस संघीय संसद संसदीय दलको कार्यालय सिंहदरबारमा हुने बताइएको छ ।

कांग्रेसका नवनिर्वाचित राष्ट्रिय सभा सदस्य र वहालवाला राष्ट्रिय सभा सदस्य बीचमा छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर