गेटाफेमाथि बार्सिलोनाको सहज जित – Nepal Press

गेटाफेमाथि बार्सिलोनाको सहज जित

काठमाडाैं । स्पेनिस ला लिगामा शनिबार राति भएको खेलमा गेटाफेलाई सहज रुपमा हराउँदै बार्सिलोना विजयी बनेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गेटाफेलाई ४–० ले हराएको हो ।

खेलको २० औँ मिनेटमा राफिन्हाले बार्सिलोनालाई पहिलो अग्रता दिलाए । पहिलो हाफ १–० ले अघि रकेको बार्साको लागि फेलिक्सले ५३औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । दोश्रो हाफ पछि सुधारिएको खेल खेलेको बार्सिलोनाको लागि डि जोङले ६१औं मिनेटमा तेस्रो गोल गर्दै टिमलाई थप मजवुत अवस्थामा लगेका थिए ।

खेलको इन्जुरी समयमा लोपेजले चौथो गोल गर्दै बार्सिलोनालाई ४–० को जित दिलाए। जितपछि बार्सिलोना २६ खेलबाट ५७ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । भने गेटाफे ३४ अंकसहित दशौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर