मैले कतै राजीनामा दिएको छैनः जपसा प्रदेश अध्यक्ष – Nepal Press

मैले कतै राजीनामा दिएको छैनः जपसा प्रदेश अध्यक्ष

रुपन्देही । जसपा लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादवे आफूले राजीनामा दिएको र पार्टीमा विवाद आएको विषय सत्य नभएको जनाएका छन् ।

‘म पार्टी काममै छु, अधिवेशन तयारीका विषयमा आजै मेरो अध्यक्षतामा बैठक बसेको छ, पार्टीका प्रदेश इन्चार्जको प्रमुख आतिथ्यतामा बैठक बसिएको छ, अनि राजीनामा दिएको, पार्टीमा विवाद भएको विषयलाई अनावश्यक प्रचार गरिएको छ’ यादवले शनिबार राती नेपाल प्रेससँग भने ।

उनले राजीनामा दिएको विषय केही समाचार माध्यम र सामाजिक सन्जालमा आएको भन्दै त्यो सत्य नभएको दावी गरेका छन् । पार्टीको आगामी अधिवेशन तयारीका लागि तत्काल कार्ययोजना बनाएको जनाएको छ ।

पार्टी अध्यक्ष अशोक यादवको अध्यक्षतामा शनिबार लुम्बिनीमा बसेको बैठकमा प्रदेशमा रहेका सबै जिल्लाको नेतृत्वलाई राखेर अगामी बुधबार प्रदेश राजधानीमा कार्यक्रम गर्ने र अधिवेशन तयारीका लागि योजना बनाएर जाने निर्णय भएको जसपा प्रदेश अध्यक्ष अशोक यादवले बताए ।

पार्टीका कार्यकारिणी अध्यक्ष तथा प्रदेश इन्चार्ज राजकिशोर यादवको प्रमुख आतिथ्यतामा बसेको बैठकमा पार्टी संगठनलाई कसरी बलियो बनाउने भन्ने विषयमा छलफल भएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर