वाफ च्याम्पियनसिप:  प्यालेस्टाइनमाथि नेपालको शानदार जित  – Nepal Press

वाफ च्याम्पियनसिप:  प्यालेस्टाइनमाथि नेपालको शानदार जित 

हेटौँडा । वाफ महिला च्याम्पियनसिप अन्तरगत प्यालेस्टाइन  विरुद्ध ४-० को जित निकाल्दै समूह विजेताको रूपमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।शनिवार राती भएको खेलमा प्रतिस्पर्धी प्यालेस्टाइनलाई हराउँदै नेपालले फाइनल प्रवेशको लागि लेबनानसँग भेट पक्का गरेको छ ।

नेपालले खेलको ४० औँ मिनेटमा स्टार खेलाडी  सावित्रा भण्डारी ‘साम्बा’को गोल मार्फत अग्रता हासिल गरेको थियो । खेलको ५९ औँ मिनेटमा नेपालकी रेखा पाैडेलले गोल गर्दै नेपाललाई २-० को अवस्थामा लगिन ।

त्यसको लगतै नेपालकी साम्बाले गरेको शक्तिशाली प्रहार पोलमा लगेर फर्किएको थियो । तर खेलको ७६ औँ मिनेट साम्बाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३-० को अवस्थामा पुर्‍याइन । नेपालले इन्जुरी समयको छैटौँ मिनेटमा पाएको पेनाल्टीमा गिता रानाले गोल गर्दै प्यालेस्टाइन विरुद्ध ४-० को शानदार जित दिलाइन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर