सागर रिमालको अछामी भाषाको पहिलो गजल संग्रह ‘ओटालो’ सार्वजनिक – Nepal Press

सागर रिमालको अछामी भाषाको पहिलो गजल संग्रह ‘ओटालो’ सार्वजनिक

काठमाडौं । सागर रिमालको अछामी भाषाको पहिलो गजल संग्रह ‘ओटालो’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित एक समारोहकाविच सार्वजनिक भएको हो । प्रतिनिधि सभाका सदस्य सन्तोष परियार, साहित्यकार ओम रिजाल, पूर्ण रावल, आस्था केसी र महेन्द्र अटलले संयुक्त रुपमा संग्रह सार्वजनिक गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रतिनिधि सभा सदस्य परियारले अछामी भाषाको गजल संग्रह नेपाली साहित्यमा स्थापित गजल संग्रह होस भन्ने कामना गरेका छन् । उनले साहित्यलाई राजनीतिसंगै जोडेर अघि बढाउनुपर्नेमा जोड दिए । साहित्यकार रावलले गजल संग्रह नेपाली साहित्य क्षेत्रमा महत्वपुर्ण गजल संग्रहका रुपमा स्थापित हुने बताए । साहित्यकार रिजालले पिडा, प्रेम, कुण्ठा, रिसको ओटालोका रुपमा आएको बताए ।

अछामी भाषामा लेखिएको गजल संग्रह ओटालोको प्रकाशन कुईकाले मिडिया प्रालीमार्फत भएको हो । सुदूरपश्चिम प्रदेश अन्तरगत अछामको ढकारी गाउपालिका दुई हिच्मामा जन्मिएका गजलकार रिमाल अहिले संघीय राजधानी काठमाडौंमा बसेर पढाइ संगसंगै विद्यार्थी राजनीतिक गर्दै आएका छन् भने साहित्यमा कलम पनि चलाउदै आएका छन् ।

गजलकार रिमालका अनुसार गजल संग्रहमा अछामी भाषाका ६७ वटा गजल समेटिएका छन् । खासगरी गजलमा  गजलकार रिमालले हजुरआमालाई विशेष रुपमा स्मरण गरेका छन् ।


प्रतिक्रिया

One thought on “सागर रिमालको अछामी भाषाको पहिलो गजल संग्रह ‘ओटालो’ सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *