रोटरी डेको अवसरमा मानसिक स्वास्थ सचेतना कार्यक्रम सम्पन्न – Nepal Press

रोटरी डेको अवसरमा मानसिक स्वास्थ सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । रोटरी ई क्लब ३२९२ ले ११९ औं रोटरी जन्मोत्सवको अवसरमा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि गर्ने कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार शंखमुलस्थित कृष्टल फुड क्याफेमा भएको कार्यक्रममा करिब ५० भन्दा बढी सहभागी रहेका थिए । कार्यक्रममा ‘मानसिक सुस्वास्थ्यका लागि– सुरुवात म बाटै’ भन्ने अवधारणामा मनोपरामर्शदाता कपिल शर्माले कार्यक्रम सहजीकरण गरेका थिए ।

कार्यक्रममा मन, सोच, भावना र व्यवहारको अन्तरसम्बन्ध तथा परिस्थिति र मनस्थितिबीचको सम्बन्ध र अवसरहरुबारे छलफल गरिएको थियो ।

मनोपरामर्शदाता शर्माले आत्मसम्मान र आत्म–करुणा विकास गर्ने उपायहरु दिँदै सहभागीहरुको प्रश्न र जिज्ञासाको सम्बोधन पनि गरेका थिए ।

उनले आफ्नो सुस्वास्थ्यका लागि ख्याल गर्नुपर्ने कुरामा जोड दिँदै मानसिक स्वास्थ्य सहयोगका आवश्यकता र उपायहरुका बारेमा प्रकाश गरेका थिए । रोटरी ई क्लब ३२९२ ले हरेक वर्ष फ्रेबुअरी २३ का दिन रोटरी डेको उपलक्ष्यमा विभिन्न सामाजिक कार्यहरु गर्दै रोटरी जन्मोत्सव मनाउँदै आइरहेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *