‘कांग्रेसले गठबन्धन नगरी चुनाव जित्ने आत्मविश्वास गुमायो, माओवादीले पार्टीको आकार नै लिएको छैन’ (भिडिओ) – Nepal Press

‘कांग्रेसले गठबन्धन नगरी चुनाव जित्ने आत्मविश्वास गुमायो, माओवादीले पार्टीको आकार नै लिएको छैन’ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका उपमहासचिव बिष्णु रिमालले कांग्रेसले गठबन्धन नगरी चुनाव जित्ने आत्मविश्वास गुमाइसकेको टिप्पणी गरेका छन्। प्रेस चौतारी नेपाल सिन्धुली शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा दलहरु एजेण्डाको रुपमा प्रतिस्पर्धा गर्नुपर्ने बताए।

उनले भने, ‘एमालेले सुरुदेखि के भनिरहेको छ भनेदेखि दलहरुले सिन्डिकेटको आधारमा होइन। माओवादी कांग्रेस र समाजवादी पार्टी मिलेर बनेको गठबन्धन चाहिँ सिन्डिकेट एमालेसँग मिल्दाचाहिँ पवित्र भन्ने हाम्रो मान्यता होइन। एजेण्डामा जानुपर्यौ । एजेण्डा के हो त ? उहाँहरु गठबन्धन रहेसम्म समाजलाई कसरी लैजाने । संविधानले के भनेको छ भने हामी समाजवादन्मुख राज्यव्यवस्था बनाउँछौं भनेको छ ।

उनले समाजवाद उन्मुख भन्ने मामिलामा कांग्रेस, माओवादी, नेकपा एस, जसपा, सिके राउत, उन्मुक्तिको धारणा एउटै हो त ? भन्दै प्रश्न गरे।
उनले भने, उहाँहरुको एजेण्डा के हो । हामीहरु उहाँहरुको एजेन्डामा बहस गर्न चाहन्छौं अहिले । एजेण्डा मिल्छ भनेर कोही आउनुभयो भने त्यतिखेर अर्कै कुरा हो । तर हामी एजेण्डाको आधारमा चुनाव लड्न चाहन्छौं । र जनताले एजेण्डाको आधारमा जनताले भोट हाल्न पाउनुपर्ने ।
उनले अहिले मुल प्रतिस्पर्धी पार्टी भनेकै एमाले र कांग्रेस मात्रै भएको बताए।

उनले थपे, मुल पार्टी एमाले र कांग्रेस मात्रै हो। प्रतिस्पर्धा पनि यही दलबीच हुने हो। हामीले अहिले एजेण्डामा बसह गर्ने भनेका छौं तर कांग्रेस अहिले एजेण्डामा छैन। गठबन्धन गरेनौं भने चुनाव हार्छौँ भनेर लागिरहेको छ। चुनाव हार्ने र जित्ने एजेण्डाको कुरा होइन। प्रतिस्पर्धाको कुरा हुन्छ नि। त्यसमा हामीलाई अनौठो लागेको छ।

उनले माओवादीले अहिलेसम्म पार्टीको आकार समेत नलिएको टिप्पणी गरे।

उनले भने, म माओवादीको टिप्पणी गर्न चाहन्न। माओवादीले अहिलेसम्म आकार नै ग्रहण गरेको छैन। प्रचण्डजीको अहिले ३२ सीट छ ९० सीटलाई हल्लाएर खाइराख्नुभएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर