पूर्वमहामन्त्री कोइरालाले राखे कांग्रेस महासमिति सदस्यलाई चियापान – Nepal Press

पूर्वमहामन्त्री कोइरालाले राखे कांग्रेस महासमिति सदस्यलाई चियापान

कांठमाडौ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री वीपी पुत्र डा. शशांक कोइरालाले नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागी हुन आएको महासमिति सदस्यहरूको सम्मानमा चियापान तथा भेटघाट कार्यक्रम राखेका छन् ।

उनले लैनचौरस्थित लैनचौर व्याङ्क्युटमा शनिवार विहान चियापान कार्यक्रम आयोजना गरेका हुन् । चियापान कार्यक्रम बिहान ८ बजेदेखि १० वजेसम्म चल्ने बताइएको छ ।

डा. कोइरालाले आफ्नो फेसबुकमा लेखेका छन्–‘नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागी हुन आउनुभएका महासमिति सदस्यहरु तथा सम्पूर्ण साथीहरुको सम्मानमा आयोजित चियापान तथा भेटघाट कार्यक्रममा उपस्थित लागि हार्दिक अनुरोध गर्दछु।’

महासमिति बैठकमा बिभिन्न मुद्दामा नेता कार्यकर्ता विभाजित भएको अवस्थामा डा. कोइरालाले चियापान कार्यक्रममार्फत सबैलाई एकै स्थानमा जम्मा गर्न लागेका हुन् ।

बिभिन्न मुद्दामा नेता कार्यकर्ता विभाजित भएको अवस्थामा कोइरालाले चियापान कार्यक्रम गर्दै आएका छन् । नेपालीप् कांग्रेसमा चियापानलाई मेलमिलापको संस्कृतिको रुपमा लिने गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर