विद्युतीय सवारी साधन बेच्ने शेरेस कम्पनीले बुटवलबाट थाल्यो सेवा – Nepal Press

विद्युतीय सवारी साधन बेच्ने शेरेस कम्पनीले बुटवलबाट थाल्यो सेवा

रुपन्देही । विद्युतीय सवारी साधनको बिक्रेतामध्ये नेपालको शीर्षस्थानमा रहेको शेरेस कम्पनीको सेल्स, सर्भिस र स्पेयरपाट्सको शोरुपमा बुटवलमा स्थापना भएको छ । शोरुमको शुक्रबार बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले शुभारम्भ गरेका थिए ।

कम्पनीका बारेमा जानकारी दिँदै एमएडब्लु बृद्धि अटोकर्पका बिजनेश हेड प्रशन्न पन्तले शेरेस गाडी अमेरिकी टेक्नोलोजीअनुसार चीनमा उत्पादन हुँदै आएको गाडी भएकाले सबैको रोजाईमा पर्नसक्ने बताए ।

उनले हालसम्म यो कम्पनीको विद्युतीय गाडी नेपालमा सबैभन्दा बढी विक्री तथा बुकिङ्ग हुने गाडीको रुपमा रहेकोले यो क्षेत्रमा पनि त्यो अपेक्षा गरेको जनाए ।

उनका अनुसार नेपालमा ३ सयभन्दा बढी गाडी बिक्री भैसहेको छ । इएम मोटर्सका निर्देशक राजेश घिमिरेले बुटवलमा शोरुम उद्घाटनसंगै कम्पनीको गाडीको सेल्स, सर्भिस तथा स्पेयर्स पाट्र्समा अन्य कहीँ कतै जान नपर्ने गरी सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाए ।

शेरेसको ब्रान्ड फाइनान्स अटामेटिभ उद्योगले सन् २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दै गरेको अटोमोबाइल ब्रान्डको रुपमा मान्यता दिएको छ । शेरेस युरो प्रवेश गर्ने पहिलो चिनियाँ अटोमेकर हो ।

यो विश्वका ७० देशमा रहेको छ । अमेरिकाको सिलिकन भ्यालीमा रहेको शेरेसले चीन, जापान र अमेरिकामा ३ वटा आर एण्ड डी कम्पनी केन्द्रसंग मिलेर उत्पादन गर्दै आएको छ ।

नेपालमा शेरेसका ३ र मिनी ईभी गरी दुई वटा मोडलका गाडीहरु उपलब्ध रहेका छन् । जसको शेरेस ३ को कम्र्फट र प्रिमियम गरी दुई भेरियन्टमा रहेका छन् । जसको बजार मूल्य ४९ लाख ९९ हजार ५२ लाख ९९ हजारबाट सुरु भएको छ ।

शेरेसको मिनीईभी तीन वटा भेरियन्टमा उपलब्ध रहेको छ । लो ट्रिम १८० बेस अप्सन, मिड ट्रिम १८०, फूल अप्सन र टप ट्रिम २२० किमी अप्सन गरी ३ वटा रहेका छन् । जसको बजार मूल्य १३ लाख ९९ हजार, १६ लाख ४९ हजार, १७ लाख ९९ हजार रहेको छ ।

कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले विद्यतीय साधनको उपभोगले नेपालमा वर्षैनी अरबौंको पेट्रोल डिजेल आयातबाट गुमाउनुपर्ने राजवश्व जोगिने भएकाले यसमा विवेक पुराउनुपर्ने बताए ।

उनले गाडी बिक्री मात्रै नभएर यसको बेलाबेलामा सर्भिस, स्पेयस पाट्र्सको प्रयाप्त उपलब्धतालाई कम्पनीले ध्यान दिनुपर्ने सुझाव दिए ।

नाडा रुपन्देहीका अध्यक्ष गणेश भट्टराईले बुटवलमा विद्युतीय गाडीको रुपमा शेरेसको उपस्थिति आफैमा महत्वपूर्ण भएकोले यहाँ यसको बजार बिस्तारका लागि योजनाबद्ध तरिकाले लाग्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले सवारी साधानमा प्रयोग हुने इन्धनको कारण नेपालले अरबौ रुपैयाँ गुमाउनुपर्ने अवस्था विद्यमान रहेको भन्दै यसलाई विद्युतीय साधनले प्रतिस्थापन गर्नुपर्ने सुझाव दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर