७ र ९ वर्षीया बालिकामाथि बलात्कार प्रयासको आरोपमा ५७ वर्षीय पुरुष पक्राउ – Nepal Press

७ र ९ वर्षीया बालिकामाथि बलात्कार प्रयासको आरोपमा ५७ वर्षीय पुरुष पक्राउ

पोखरा । दुई बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखालाई एक पुरुषलाई पक्राउ गरेको छ ।

७ वर्षीया र ९ वर्षीया बालिकालाई बलत्कारको प्रयास गरेको आरोपमा गोरखा नगरपालिका १४, सलाङगिरीका ५७ वर्षीय दलबहादुर विश्वकर्मालाई पक्राउ गरिएको गोरखा प्रहरीले प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।

दुई बालिकालाई फकाई फुलाई झरौटे धारा वनमा लगि जबरजस्ती करणी उद्योग गरेको भन्ने जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो । जबरजस्ती करणी उद्योग कसूर जिल्ला अदालत गोरखाबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *