कांग्रेसको प्रष्टोक्ति- चुनावी गठबन्धनबारे केन्द्रीय कमिटीले निर्णय गर्छ – Nepal Press

कांग्रेसको प्रष्टोक्ति- चुनावी गठबन्धनबारे केन्द्रीय कमिटीले निर्णय गर्छ

काठमाडौं । नेपाली कांग्रेसले चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताएको छ ।

महामन्त्री गगन थापाको चुनावी गठबन्धन नगर्ने प्रस्ताव महासमितिको बैठकबाट पारित भएपनि प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले अहिले गठबन्धन नेताहरूको सुझावको आधारमा अघि बढ्ने बताए ।

महासमिति बैठक समापनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘विशिष्ट परिस्थितिमा गठन भएको गठबन्धनमा पाँच बर्षको शर्तको साथ बनाएको हुनाले थप इमान्दार हुँदै निरन्तरता दिने भन्ने परेको छ । बाहिर विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।’

महामन्त्रीजीले पनि सबैको धारणा सुनेपछि यो निर्णय भएको हो । गठबन्धनलाई निरन्तता दिएर यही सरकारबाट सुशासनको परिकल्पना दिन्छौं । उनले महासमितिको बैठकको निर्णय परिमार्जनसहित केन्द्रीय समितिले पारित गर्ने उनले बताए ।

विकले भने, ‘आगामी निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्नेमा के गर्ने भन्ने ? ६३१ जनाले धारणा व्यक्त गर्दा त्यसभित्र लुकेका सामूहिक भावना आएका छन् । त्यसबारे केन्द्रीय कार्यसमितिले परिमार्जनसहित पूर्णता दिन्छ ।’

उनले गठबन्धन चुनावअघि गर्ने कि पछि भन्ने बिषयमा कुरा उठेपनि नगर्ने भन्ने विषयमा कतैपनि नउठेको बताए ।

उनले भने, ‘प्रि इलेक्सन गरेको गठबन्धनप्रति इमान्दार हुने कुरा स्वयम् जसले गठबन्धन गर्नु हुँदैन भन्नुभयो भन्ने प्रचार गर्दैछौं। उहाँले नै गठबन्धनप्रति इमान्दार हुने भन्नुभएको छ । त्यो भनेको गठबन्धन गर्ने भनेको होइन र ?’

उनले आगामी निर्वाचन आउन चार वर्ष बाँकी रहेको गठबन्धन नीति नभई रणनीति भएको धेरै सुझाव आएको सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर