दोस्रो इनिङमा ब्याटिङ गरेको नेदरल्यान्ड्स नामिबियासँग २४ रनले पराजित – Nepal Press

दोस्रो इनिङमा ब्याटिङ गरेको नेदरल्यान्ड्स नामिबियासँग २४ रनले पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गतको खेलमा नामिबियाले नेदरल्यान्डलाई २४ रनले पराजित गरेको छ ।

टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नामिबियाले नेदरल्यान्डलाई २४ रनले पराजित गरेको हो ।

नामिबियाले दिएको २०४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड ४३ ओभर ५ बलमा १७९ रनमा समेटिएको हो ।

त्रिवि मैदानमा यसअघि लिग २ का सबै खेलमा दोस्रो इनिङमा ब्याटिङ गर्ने टीमले जितिरहेका थिए ।

यस्तो ट्रेन्ड तोड्दै आज नेदरल्यान्ड्सले दोस्रो इनिङमा ब्याटिङ गरेर पनि हार व्यहोरेको हो ।

नेदरल्यान्डका लागि नोआ क्रोस सर्वाधिक अविजित ४६ रन बनाए । म्याक्स ओ डाउडले ४१ रनको योगदान दिएका थिए । नामिबियाका कप्तान एरास्मस र जान फ्रिलिंकले ३–३ विकेट, बर्नार्ड स्कोल्जले २, रुबेन ट्रम्प्लम्यान र निकोल लफ्टि इटनले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नामिबिया ४१ ओभर ३ बलमा २०३ रनमा समेटिएको थियो । नामिबियाका ज्यान निकोल लोफटी  इटनले सर्वाधिक ४९ र मलान क्रुगरले ३९ रन बनाएका थिए । नेदरल्याण्ड्सका लागि भिभियन किङ्गमाले ३, आर्यन दत्त र रुल्फ भ्यान डर मर्वाले २–२, शारिज अहमद र बास डे लिडाले १–१ विकेट लिए ।

जितसँगै नामिबिया ४ खेलमा ६ अंक जोड्दै लिग–२ को शीर्ष स्थानमा छ । नेपाल र नेदरल्यान्ड्सको ३ खेलमा २–२ अंक छ । अब आइतबार नेपाल र नेदरल्यान्ड्स खेल्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर