बसुन्धरामा सिवाकोटीले ल्याए कस्मेटिक्स हब सञ्चालनमा – Nepal Press

बसुन्धरामा सिवाकोटीले ल्याए कस्मेटिक्स हब सञ्चालनमा

काठमाडौं । वैदेशिक रोजगारबाट फर्केर स्वदेशमै केही गर्ने भन्दै व्यवसायी रोनिश सिवाकोटीले कस्मेटिक्स हब सञ्चालनमा ल्याएका छन् । सरस्वती पूजाका दिन सिवाकोटीले बसुन्धरास्थित के एण्ड टी कस्मेटिक्स हब सञ्चालनमा ल्याएका हुन् ।

गायक तिलक बस्नेत र कलाकार विराज बास्कोटाले उक्त हबको उद्घाटन गरे । झापाको अर्जुनधाराका स्थायी बासिन्दा सिवाकोटीको परिवार आशामबाट नेपाल आएको हो ।

३ वर्षभन्दा बढी समय वैदेशिक रोजगारीमा रहेर स्वदेश फर्केर उनले विभिन्न व्यवसाय सञ्चालन गरे । त्यसै क्रममा हब पनि खोलिएको उनको भनाइ छ ।

युवाहरुले नेपालमै केही गर्नुपर्छ भन्ने आफ्नो धारणा रहेको बताउँदै सो व्यवसाय सञ्चालनमा ल्याएको सिवाकोटीले बताए । सानैदेखि कलाकारितामा पनि आफ्नो कला पस्किँदै आएका सिवाकोटीले चाँडै आफ्नो कोसेली लिएर आउने पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर