आजबाट केपी ओली कप फुटबल – Nepal Press

आजबाट केपी ओली कप फुटबल

काठमाडौं । केपी ओली कपको दोस्रो संस्करण आजबाट शुरु हुँदैछ । आज दिउँसो १ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुरु हुनेछ । पहिलो खेलमा केपी ओली फुटबल क्लव र चर्च ब्वाइज युनाइटेडबीच प्रतिष्पर्धा हुनेछ ।

खेल दिउँसो ३ बजे शुरु हुनेछ । केपी ओली क्लव अनन्त तामाङको कप्तानीमा मैदान उत्रिँदै छ भने चर्च ब्वाइज दीप कार्कीको कप्तानीमा मैदान उत्रिनेछ । प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लव, न्युरोड टिम एनआरटी, थ्री स्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी र मच्छिन्द्रसहित सात टिम सहभागी छन् ।

दुई विदेशी टिम भारतको दिल्ली एफसी, पश्चिम बंगाल क्लव र आयोजक गरी कुल १० टिमबीच प्रतिष्पर्धा हुनेछ ।

फाइनल खेल फागुन १९ गते हुनेछ । विजेता टिमले ११ लाख र दोस्रो हुनेले ५ लाख पुरस्कार प्राप्त गर्नेछ । सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर