अन्तर्राष्ट्रिय फुटबलमा साम्बाको ५० गोल – Nepal Press

अन्तर्राष्ट्रिय फुटबलमा साम्बाको ५० गोल

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ले अन्तर्राष्ट्रिय फुटबलमा ५० गोल पूरा गरेकी छन् । बिहिवार भएको खेलमा इराकविरुद्ध ५ गोल गर्दै साम्बाले अन्तर्राष्ट्रिय फुटबलमा ५० गोल पूरा गरेकी हुन् ।

उनले साउदी अरेबियामा जारी वाफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत आज इराक विरुद्ध ५ गोल गरेकी हुन् । जितसँगै नेपाल वाफ वुमेन्स च्याम्पियनसिपको सेमिफाइनलको यात्रा तय गरेको छ ।

पाकिस्तानमा सन् २०१४ मा भएको साफ महिला च्याम्पियनसिपमा भुटानविरुद्धको खेलमा साम्बाले डेब्यु गोल गरेकी थिइन् ।

५० गोल गरेकी साम्बाले सामाजिक संजालमार्फत खुसी साटेकी छन् । उनले साथ र सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेकी छन् ।
‘देशको लागि ५० गोल पूरा भएको छ । यो यात्रासम्म आइपुग्दासम्म मलाई साथ, सपोर्ट गर्नुहुने सम्पुर्ण सहयोगी हातहरुप्रती हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु’ उनले भनिन् ।

प्रतियोगिता उपाधी जित्न फोकस उनले सुनाइन् । उनले भनिन्, ‘यो टुर्नामेन्टमा हामी उपाधी जित्न आएका छौं । उपाधिकै लागि फोकस गर्नेछौं । अझै महत्त्वपूर्ण खेलहरु बाकी छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर