गठबन्धनको बलमा कांग्रेस पहिलो पार्टी भएको सम्झाउँदै देउवालाई ४ भ्रातृ संगठनको संयुक्त प्रस्ताव – Nepal Press

गठबन्धनको बलमा कांग्रेस पहिलो पार्टी भएको सम्झाउँदै देउवालाई ४ भ्रातृ संगठनको संयुक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा भातृ तथा शुभेच्छुक संघसंंस्थाले संयुक्त प्रस्ताव पेश गर्दै गठबन्धनको बलमा पार्टी तीनै तहको सरकारमा पहिलो पार्टी भएको स्मरण गराउँदै मातृ पार्टीको मेरुदण्ड रहेका भातृ तथा शुभेच्छुक संघसंस्थालाई बलियो बनाउन आग्रह गरेका छन् ।

चार भातृ संगठनले संयुक्त प्रस्ताव पेश गर्दै प्रस्तावमा भनिएको छ, ‘गठबन्धनको जगमा नेपाली कांग्रेस पार्टी पछिल्लो तीन तहको निर्वाचनमा देशको पहिलो पार्टी बनेको हो भन्ने तथ्यलाई पुनःस्मरण गर्दै नेपालमा गठबन्धनको अभ्यास राष्ट्रिय राजनीतिक परिस्थिति निम्त्याएको आवश्यकता भएकाले भोलिको राट्रिय राजनीतिक परिस्थितिको अहिले ने आंकलन गर्न नसकिन हुँदा भविष्यमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिनु राजनीतिक रुपमा बुद्धिमतापूर्ण हुनेछ ।’

त्यसैगरी शुभेच्छुक संघसंस्था पार्टीको मेरुदण्ड मात्रै नभई पार्टीमा नयाँ सदस्य जोड्ने प्रवेशद्वार भएको जनाइएको छ ।

उनीहरुले भातृ तथा शुभेच्छुक संघसंस्थालाई थप उत्प्रेरित गर्न ती संस्थाका केन्द्रीय अध्यक्ष पार्टीको पदेन केन्द्रीय सदस्य हुनेगरी विधानमा आवश्यक संशोधन, परिमार्जन गरी केन्द्रीय समितिमा पदेन सदस्यको रुपमा सहभागी गराउनुपर्ने, भातृ तथा शुभेच्छुक संघसंस्थाका केन्द्रीय अध्यक्षहरुको मर्यादाक्रम मिलाउनुपर्ने, संस्थाका प्रमुखहरुको कार्यदल गठन गरिनुपर्ने माग गरिएको छ ।

त्यसैगरी यी संस्थाको अधिवेशन र केन्द्रीय महाधिवेशन सुनिश्चित गर्न पार्टीले अभिभावकीय भूमिका निर्वाह गर्दै समयमै गर्नुपर्ने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर