साम्बाको ५ गोलमा नेपाल वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा – Nepal Press

साम्बाको ५ गोलमा नेपाल वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा

हेटौंडा । वाफ महिला च्याम्पियनसिप अन्तरगत इराक विरुद्ध नेपालले सानदार जित दर्ता गरेको छ ।

नेपालकी स्टार सावित्रा भण्डारी ‘साम्बा’ ले पहिलो हाफमा नै ह्याट्रिक सहित चार गोल र दोश्रो हाफमा थप एक गोल गरेसङ्गै नेपालले इराक विरुद्ध ५–० गोलको जित निकालेको हो ।

साम्बाले खेलको १४ औ मिनेटमा टिमलाइ १–० को अग्रता दिलाएकी थिइन् । खेलको १६ औं मिनेटमा ब्यक्तीगत दोश्रो गोल गर्दै टिमलाइ थप मजवुत बनाएकी साम्बाले ३७ औं मिनेटमा गोल गर्दै आफ्नो वाफ महिला च्याम्पियनसिपमा आफ्नो पहिलो ह्याट्रिक पूरा गरेकी हुन् ।

खेलको ४४ औं मिनेटमा ब्यक्तिगत चौथो गोल गर्दै पहिलो हाफमा नेपाललाइ ४–० को अवस्थामा लगेकी साम्बाले दोश्रो हाफको ८० औं मिनेटमा ब्यक्तिगत पाँचौ गोल गर्दै नेपाललाई सानदार जित दिलाइन् ।

जितसङ्गै नेपालको ६ अंक पुगेको छ भने टिम सेमिफाइनल प्रवेश गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर