विश्वप्रकाशले भने- अब कांग्रेसबाट राष्ट्रपतिमा एक, प्रधानमन्त्रीमा दुई, मन्त्रीमा तीन र सांसदमा चार पटकभन्दा बढी शपथ लिनेछैन (भिडिओ) – Nepal Press

विश्वप्रकाशले भने- अब कांग्रेसबाट राष्ट्रपतिमा एक, प्रधानमन्त्रीमा दुई, मन्त्रीमा तीन र सांसदमा चार पटकभन्दा बढी शपथ लिनेछैन (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महासमिति बैठकले पार्टीलाई एकढिक्का भएको सन्देश दिएको बताएका छन् । महासमिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै बैठकमा चुनावी गठबन्धन गर्ने वा नगर्ने भन्ने बिषयमा मात्रै छलफल नभएको प्रष्ट्याए ।

उनले भने, ‘हामीले अहिले देखिएका हरेक बिषयलाई बैठकमा छलफल गरेर एउटा निष्कर्षमा पुगेका छौं । अहिले धेरै देखिएको असन्तुष्टिहरुलाई भर्याङ बनाएर कसैले आगामी निर्वाचनमा सरकारमा जाने सपना देखेको छ । कसैले अवस्था होइन व्यवस्था नै खराब भनेर पूरानै राजतन्त्रलाई ल्याउने परिकल्पना गरिरहेका छौं । तर, हामी यही व्यवस्थाभित्र रहेर सबै असन्तुष्टिलाई समाधान गछौं ।’

उनले अब राष्ट्रपतिमा एक पटक, प्रधानमन्त्रीमा दुई पटक, मन्त्रीको तीन र सांसदको चार पटक भन्दा शपथ नगर्ने निर्णय बैठकले पारित गरेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर