शशांक कोइराला भन्छन्- हामीले धर्म निरपेक्ष बनाएर गलत गर्‍यौं (भिडिओ) – Nepal Press

शशांक कोइराला भन्छन्- हामीले धर्म निरपेक्ष बनाएर गलत गर्‍यौं (भिडिओ)

‘३६४ दिन कांग्रेस बन्ने तर मत हाल्ने दिन चाहिँ अरुलाई हाल्ने कांग्रेस चाहिँदैन’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले धर्म स्वतन्त्र हुने भएकाले निरपेक्ष बनाएर गलत गरेको बताएका छन् । महासमितिको बैठकको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

यस्तै, उनले कांग्रेसलाई गठबन्धन आवश्यक नभएको बताए ।

उनले भने, ‘चुनावभन्दा पहिले नै गठबन्धन गर्नु दुर्भाग्य हो । गठबन्धन त सरकार बनाउँदा मात्रै बनाउनुपर्छ । गठबन्धन आफ्नो साथीहरुसँग गर्नुस् । कांग्रेसको तर्फबाट मत खस्छ । ३६४ दिन कांग्रेस बन्ने मत हाल्ने दिन चाहिँ अरुलाई हाल्ने त्यस्तो कांग्रेस हामीलाई चाहिँदैन ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर