महासमिति बैठकमा शेखरको आह्वान- कांग्रेस रुपान्तरणको यात्रामा दृढ भएर अघि बढाैं – Nepal Press

महासमिति बैठकमा शेखरको आह्वान- कांग्रेस रुपान्तरणको यात्रामा दृढ भएर अघि बढाैं

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी मौलिक पहिचानबाट पर जान नहुने बताएका छन् । महासमितिको बैठकको समापन समारोहलाई सम्बोधन गर्दै अब एकताबद्ध भएर पार्टीलाई अगाडि बढाउनुको विकल्प नभएको बताए ।

उनले निर्वाचन प्रणाली परिवर्तनको गर्नको लागि सबै राजनीतिक दलहरुसँग कांग्रेसले नै पहल गर्नुपर्ने बताए ।

उनले भने, ‘कांग्रेसले आफूलाई नागरिकको भावनाअनुसार सुधार गर्दै आइरहेको छ । अहिले नागरिकमा देखिएको निराशालाई चिर्न राज्य संयन्त्र मात्रै पर्याप्त छैन । पार्टी नै परिचालन हुनुपर्छ । त्यसका लागि सबै जुट्न आवश्यक छ ।’

उनले कांग्रेस रुपान्तरणको यात्रा अझै जारी रहेको प्रण गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर