अमेजन: अनलाइन बुक स्टोरदेखि भर्चुअल असिस्टेन एलेक्सासम्म – Nepal Press

अमेजन: अनलाइन बुक स्टोरदेखि भर्चुअल असिस्टेन एलेक्सासम्म

काठमाडौं । अमेरिकी बहुराष्ट्रिय कम्पनी ‘अमेजन’ अनलाइन सपिङदेखि गेमिङ, म्युजिक तथा भिडियो स्ट्रिमिङको क्षेत्रमा शीर्ष स्थानमा पर्ने नाम हो । ‘सिमिलर वेब’को तथ्याङ्कअनुसार अन्तर्राष्ट्रिय जगतमा सबैभन्दा ठूलो र बढी पहुँच भएको अनलाइन सपिङ साइटहरुमा अमेजन डटकम पहिलो नम्बर आउँछ ।

विश्वकै सबैभन्दा ठूलो गेमिङ स्ट्रिम प्लेटफर्म अमेजन कम्पनीको ट्विच रहेको ईस्पोर्टस चार्टको तथ्याङ्कले देखाउँछ । गेमिङका लागि पीसी, माइक्रोओएस, प्लेस्टेशन एक्स बोक्स, आईओएस र एन्ड्रोइड गरी सबैभन्दा बढी प्लेटर्फमहरुमा स्ट्रिम सुविधा भएको पहिलो ट्विच नै हो ।

प्रयोगकर्ताका आधारमा विश्वको सबैभन्दा ठूलो भिडियो स्ट्रिमिङ प्ल्यार्टफर्मको दोस्रो स्थानमा ‘अमेजन प्राइम भिडियो’ रहेको फोरवेस होमको रिपोर्टले उल्लेख गरेको छ ।

त्यस्तै अनलाइन म्युजिक क्षेत्रको सबैभन्दा ठूलो स्पोटिफाइपछि एप्पल म्युजिक र तेस्रोमा अमेजन म्युजिक रहेको छ । एप्लिकेशन डाउनलोड गर्ने एप स्टोरको क्षेत्रमा पनि गुगल प्लेस्टोरपछि अमेजन एपस्टोर नै पर्छ ।

विश्व बजारमा अनलाइन ट्रेडरके ‘नम्बर वान’ कम्पनीका रुपमा स्थापित अमेजनले ‘एलेक्सा’, अमेजन प्राइम, अमेजन म्युजिक, अमेजन प्राइम भिडियो, अमेजन एप स्टोर, अमेजन क्लिनिक, वान मेडिकल, ट्विच, रिङ, वेब सर्भिसदेखि अमेजन रोबोटिक्ससम्म सञ्चालन गर्दै आएको छ ।

अमेजन विश्वको पाँचौं ठूलो बहुराष्ट्रिय ई-कर्मश कम्पनी हो । सन् २०२४ सम्म आइपुग्दा अमेजनको नेटवर्थ १.७ ट्रिलियन अमेरिकन डलर अर्थात १७ खर्ब डलरभन्दा बढी रहेको छ । ‘द मोट्लीफुल’को रिपोर्टअनुसार सन् २०२४ सम्म अमेजनको रेभिन्यु ५५४ मिलियन अमेरिकी डलर रहेको छ ।

००००

जेफ बेजोस अमेजन कम्पनीका आविस्कारक हुन् । उनी ‘वासिङ्टन पोस्ट’ का मालिक पनि हुन् । साथै जेफ ब्ल्यू ओरिजिन तथा बिजोश एक्पिडिसन्सका फाउन्डरसमेत हुन् ।

सन् १९९४ मा जेफले ‘अनलाइन बुक स्टोर’ का रुपमा क्याडाब्रा नामक कम्पनी स्थापना गरेका थिए । जेफले केही महिनापछि उक्त क्याडाब्रा नामक कम्पनीको नाम परिवर्तन गरी अमेजन राखेका थिए ।

सन् १९९८ देखि अमेजनले म्युजिक तथा भिडियोहरु बिक्री गर्न अन्तर्राष्ट्रिय विक्रेताहरुलाई अक्वायर गर्दै आफ्नो व्यापारलाई बढाउन सुरु गरेको थियो ।

जेफ बेजोस र अमेजनको आविस्कार

सन् १९६४ मा अमेरिकाको न्यु मेक्सिको शहरमा बेजोसको जन्म भएको थियो । जेफको जन्म हुँदा उनकी आमा १७ वर्ष र बुबा १९ वर्षका थिए । जेफकी आमाले २ वर्षको हुँदा छोरालाई मन्टेश्वरीमा राखेकी थिइन् । किनभने उनका बुबा र आमाबीचको सम्बन्ध मिलेको थिएन । दुबैले डिभोर्स गरिसकेका थिए ।

सन् १९६८ मा आएर उनकी आमाले दोस्रो विवाह गरिन् । ४ वर्षका जेफलाई नयाँ बुबाले स्वीकार गरे । पछि बसाइ सरेपछि बेजोसको पालनपोषण र हुर्काइ अमेरिकाको टेक्सास शहरमा भएको भयो । जेफलाई सानैदेखि टेक्नोलोजीहरुमा रुचि थियो ।

उनको परिवार फ्लोरिडामा बसाइ सरेपछि उनले युनिभर्सिटी अफ फ्लोरिडामा आफ्नो स्नातक पढाइ गरेका थिए । आफ्नो स्नातक तहको पढाइ समाप्त गरेपछि उनलाई विभिन्न कम्पनीहरुमा काम गर्न अवसर आयो । तर, उनले ‘फिनटेक टेलिकम्युनिकेशन’मा काम सुरु गरेका थिए ।

त्यहाँबाट ब्रेक लिएपछि उनले सन् १९८८ देखि १९९० सम्म प्रोडक्ट म्यानेजरका रुपमा ‘बैंकर्स ट्रस्ट’ मा काम गरे । त्यसपछि जेफले ‘डीई शो एण्ड को’मा काम गरे, जहाँ उनलाई राम्रो तलब र सुविधा दिइएको थियो ।

तर पनि सन् १९९४ मा उनले आफ्नो राम्रो कामलाई ब्रेक दिएर आफ्नो स्टाटअर्प गर्ने निर्णय गरेका थिए र आफ्नै आमाबुबाको पुरानो ग्यारेजमा हालको अमेजनको आविस्कार गरेका थिए । उक्त कम्पनीबाट उनलाई राम्रो आम्दानी आइरहेको थियो र पनि आफ्नै व्यवसाय गर्ने मनसाय बनाएका थिए ।

जेफले आफ्नो एक अन्तर्वार्तामा ‘डीई शो एण्ड को’ मा पाएको काम नछोडेको भए अहिले अमेजनको मालिक नहुने बताएका थिए ।

००००

सन् २०१४ मा पहिलो पटक मानिसहरुलाई एआईको दुनियाँको भर्चुअल अनुभव गराउन अमेजनले ‘एलेक्सा’ नामक डिभाइस सार्वजनिक गरेको थियो । एलेक्सा एक भर्चुअल असिस्टेन्टका रुपमा सार्वजर्निक गरिएको थियो ।

एलेक्सा भ्वाइसमा आधारित डिभाइस हो, जसलाई मानिसले सामान्य कुरा गरे जसरी काम लगाउन सक्छ । एलेक्सालाई गीत बजाउन, बत्ती खुला बन्द, गफ गर्न तथा अन्य सबै कुरा सुनाउन साथी जस्तै प्रयोग गर्न सकिने डिभाइस हो । एलेक्सा सार्वजनिक भएसँगै विश्वमा एआईमा भर्चुअल रियालिटीको सिलसिलाले तीव्र गति समातेको हो ।

एलेक्सा सन् २०१४ मा अमेजनले लन्च गर्नुअघि टेक्सलाई भ्वाइसमा ढाल्ने प्लेटफर्म ‘इनोभा’को रुपमा थियो । सन् २०१३ मा अमेजनले ‘इनोभा’लाई खरिद गरी टेक्सलाई मात्रै नभएर आफूले दिएको कमाण्डमा चल्ने गरी बनाएर ‘एलेक्सा’ नाम दिएर सार्वजनिक गरिएको थियो ।

अडिबल

अडिबल सन् १९९७ मा अडियो बुक र पडकास्टहरु सुन्न अडियो मोबाइल प्लेयर वेबसाइटका रुपमा आविस्कार गरिएको थियो । सन् १९९९ मा अडिबलका सीईओ ‘एन्ड्र्यु जे’ मरेपछि सन् २००० मा अमेजनले ५ प्रतिशत स्टेक खरिद गरेको थियो । अडिबलले सन् २००३ मा एप्पल कम्पनीसँग ‘आई ट्युनम्युजिक’मा अडियोबुक दिन सम्झौता गरेको थियो ।

अडिबललाई सन् २००८ मा अमेजनले ३०० मिलियन अर्थात ३० करोड अमेरिकी डलरमा खरिद गरेको थियो । त्यसलगत्तै अमेजनले अडिबलमा नयाँ नयाँ सुविधा थप र अपडेट गर्दै लगेको थियो । सन् २०२४ सम्म आइपुग्दा विश्वको सबैभन्दा पपुलर अडियोबुक प्ल्याटर्फममा पर्न अडिबल सफल भएको छ ।

अमेजन प्राइम

सन् २००५ मा अमेजनले आफ्नो ‘अमेजन प्राइम’ लन्च गरेको हो । शुल्क तिरेर सेवा लिने ग्राहकहरुका लागि अमेजन प्राइम सुरु गरिएको थियो । सुरुमा अमेजनले दुई दिन नि:शुल्क प्रयोग गर्न दिएर अमेजन प्राइम सुरु गरेको थियो । अमेजन प्राइममा शुल्क तिरेर अमेजनमा उपलब्ध अडियो, भिडियो तथा अडियो बुकहरु हेर्न र सुन्न सकिन्छ । अहिले विश्वभर अमेजाको प्रिमियम तिरेर अर्थात शुल्क तिरेर प्रयोग गर्नेको संख्या २०० मिलियन रहेको छ ।

ट्विच

विश्वको सबैभन्दा ठूलो र लोकप्रिय अनलाइन गेमिङ स्ट्रिम प्ल्याटफर्म ट्विचलाई जेफ बेजोसले सन् २०१४ मा खरिद गरी अमेजनसँगै गाभेका थिए । हाल अमेजनले नै विश्वको ठूलो अनलाइन गेमिङ स्ट्रिम प्ल्याटफर्म सञ्चालन गरिरहेको छ ।

सन् २००७ मा जस्टिन कान र एमेट शियरले अनलाइन लाइभ स्ट्रिम सर्भिसका रुपमा ट्विच आविस्कार गरेका थिए । बजारमा यो प्ल्याटफर्म आएलगत्तै यसको प्रयोगकर्ता र लोकप्रियता विश्वभर बढ्दै गएको थियो ।

विभिन्न एजेन्सीहरुको सहयोगमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर