मेडिकल पढ्ने विद्यार्थी संख्या बढाउने भएपछि दक्षिण कोरियाका प्रशिक्षार्थी डाक्टर आन्दोलित – Nepal Press

मेडिकल पढ्ने विद्यार्थी संख्या बढाउने भएपछि दक्षिण कोरियाका प्रशिक्षार्थी डाक्टर आन्दोलित

काठमाडाैं । दक्षिण कोरिया सरकारले मेडिकल साइन्स पढ्ने विद्यार्थीहरु बढाउने योजना ल्याएपछि त्यहाँका प्रशिक्षार्थी डाक्टरहरु आन्दोलित भएका छन् ।

जर्मनीको विश्व च्यानल डीडब्लूका अनुसार दक्षिण कोरियामा दक्ष फिजिसियनको अभाव हुन थालेपछि सरकारले मेडिकल पढ्ने विद्यार्थीको संख्या बढाउने निर्णय गरेको थियो । यो निर्णयबाट बिच्किएका प्रशिक्षार्थी डाक्टरहरु आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले सरकारको निर्णय चुनाव लक्षित भएको भन्दै आन्दोलन गरेका छन् । आन्दोलनका क्रममा ८ हजार ८०० डाक्टरले राजीनामा दिएका छन् । राजीनामा दिनेहरुमा ७१ प्रतिशत प्रशिक्षार्थी डाक्टर छन् ।

दक्षिण कोरियाली स्वास्थ्य उपमन्त्री पार्क मिन सोले राजीनामा स्वीकृत नभए पनि ७ हजार ८१० डाक्टरले काम छोडेर हिँडेको बताएका छन् ।

बुधबार आन्दोलनरत डाक्टरलाई काममा फर्किन दक्षिण कोरिया सरकारले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले आन्दोलनमा गएका डाक्टरहरु काममा नआए तीन करोड कोरियन वोन र तीन वर्षसम्म जरिवाना हुनसक्ने बताएको छ ।

हप्तामा ८० घण्टा न्यून ज्याला भएर काम गरिरहे पनि प्रशिक्षार्थी डाक्टरहरुलाई सरकारले वेवास्ता गरिरहेको आन्दोलनकारी डाक्टरहरुले गुनासो गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *