प्रकाश ज्वालाको राजीनामा माग्दै अनेरास्ववियुको मसाल जुलुस (तस्बिरहरू) – Nepal Press
बालकुमारी घटना

प्रकाश ज्वालाको राजीनामा माग्दै अनेरास्ववियुको मसाल जुलुस (तस्बिरहरू)

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै एमालेनिकट अनेरास्ववियुले काठमाडौंमा प्रदर्शन गरेको छ ।

बालकुमारी घटनाको प्रतिवेदनले दोषी देखाएका ज्वालाले तत्कालै राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने भन्दै अनेरास्ववियुका कार्यकर्ताले बुधबार काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र कलेजअगाडि मसाल जुलुस निकाले ।

उनीहरूले प्रकाश ज्वालालाई कारवाही गर, बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गरलगायतका नारा लगाएका थिए । अनेरास्ववियुका अध्यक्ष समिक बडालले बालकुमारी घटनाको प्रतिवेदन लुकाएर दोषी मन्त्रीलाई बचाउन खोजिएको आशंका गरे । मन्त्रीलाई बर्खास्त नगरेसम्म सडक नछाड्ने उनले चेतावनी दिपए ।

बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो । प्रधानमन्त्री प्रचण्डले उक्त प्रतिवेदन अध्ययन गरी दोषीलाई कारवाही गर्ने बताउँदै आउका छन् ।

पुस १३ गते ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । उक्त घटनाको जाँचबुझ गर्न सरकारले आयोग गठन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर