सिटिजन्स बैंकले लाभांश लिन बाँकी रहेका सेयरधनीलाई लाभांश लिन बोलायो – Nepal Press

सिटिजन्स बैंकले लाभांश लिन बाँकी रहेका सेयरधनीलाई लाभांश लिन बोलायो

काठमाडौं । सिटिजन्स इन्टरनेशनल बैंकले लाभांश लिन बाँकीरहेका सेयरधनीलाई लाभांश लिन बोलाएको छ । बैंकले २०७४÷७५ को नगद लाभांश लिन बाँकी रहेका सेयरसधनीलाई लाभांश लिन बोलाएको हो ।

सिटिजन्सले सूचना जारी गर्दै आजको मितिबाट ३५ दिन भित्र सिटिजन्सको सेयर रजिष्ट्रार सिटिजन्स कयापिटल लिमिटेड बाटुलेघरमा आवश्यक कागजात र विवरणसहित सम्पर्क गर्न आग्रह गरेको छ । यदि सो समयसम्म पनि नगद लाभांश लिन नगए सो रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनेछ ।

कुनै पनि कम्पनीले घोषणा गरेको नगद लाभांश ५ वर्षसम्म पनि लिन नगए सो रकम कोषमा जम्मा गर्नुपर्ने प्रावधान छ । यस्तै हालसम्म पनि सेयर अभौतिक गराउँन बाँकी रहेकालाई अभौतिक गर्न अथवा डिम्याट खातामा जम्मा गर्न र हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक गराउन पनि बैंकले भनेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर